ताजा अपडेट »

रिङसिङ लेक सामुदायिक सहकारीको १२ औं वार्षिकोत्सव सम्पन्न

आइतबार, ३० मंसिर २०८१, ०९ : ३४
86 Shares
आइतबार, ३० मंसिर २०८१
86 Shares

तिनाउ । पाल्पाको तिनाउ-१ स्थित रिङसिङ लेक सामुदायिक विकास कृषि सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा बोल्दै सो वडाका अध्यक्ष भुवन सिंह चिदीले स्थानीय जनताको आयआर्जन र बचतबाट जीवनस्थर सुधारका काम गर्दै आएको दाबी गरे । 

वडा नम्बर १ कै ठूलो सहकारीका रुपमा स्थापित उक्त संस्थाले पालिकाबाट १५ लाख बढीको कृषि सामग्री प्राप्त गरी कृषकलाई वितरण गरिएको जानकारी गराए । यसैगरी सोही वडाका पूर्वअध्यक्ष रोमबहादुर लम्तरी, वडा नम्बर २ का पूर्व अध्यक्ष राजेश श्रेष्ठ लगायतले बोल्दै अहिले देशब्यापी शहरका सहकारीहरुमा रकम अपचलन र ठगीका घटनाहरु आइरहँदा गाउँमा रहेका सहकारी र सञ्चालक समितिहरुलाई समेत संकाको दृष्टिकोणले हेरिन लागेको बताए। सहकारीको मर्म र उद्देश्य अनुसार गतविधि सञ्चालन गरी सदस्यहरुको जीवनस्थर उकास्न आवश्यक रहेको उनीहरुले बताए । 

यस सहकारीमा ४९९ जना शेयर सदस्य रहेको र १ करोड ४९ लाख रुपैयाँ बराबरको कारोवार भएको प्रतिवेदन वार्षिकोत्सवमा प्रस्तुत गरिएको थियो । सहकारीले कक्षा १० र कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याई उत्तिर्ण हुने सेयर सदस्यहरुका विद्यार्थीलाई सम्मान गरेको छ । सहकारीका अध्यक्ष ओम बहादुर सुनारीले संस्थामार्फत आगामी दिनमा थप रचनात्मक क्रियाकलाप सञ्चालन गरिने उल्लेख गरे ।

कार्यक्रमका अवसरमा थानीडाँडा माविका अध्यक्ष शेरजंग थापा, पहिलो पाईला नेपाल पाल्पाका अध्यक्ष अमर सुनारी, खुम बहादुर चिदी, निर्मला घर्ती, भुवन सिंह लम्तरी लगायतले शुभकामना व्यक्त गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।