ताजा अपडेट »

नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा पौडेल

शनिबार, २९ मंसिर २०८१, १७ : १४
44 Shares
शनिबार, २९ मंसिर २०८१
44 Shares

गण्डकी । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । 

शुक्रबार भएको निर्वाचमा निर्वाचन समितिद्वारा आज सार्वजनिक मत परिणामअनुसार पौडेलले ४०१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गोविन्दप्रसाद सुवेदीले १७८ मत प्राप्त गरे ।

प्रदेश समितिको उपाध्यक्ष (खुला)मा प्रकाश पौडेल, उपाध्यक्ष (महिला)मा मायाकुमारी अधिकारी, महासचिवमा जमुना वर्षा शर्मा, सचिव (खुला)मा भविश्वर पाण्डे, सचिव (समावेशी)मा रोशनी गुरुङ र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित भए । 

गण्डकी प्रदेशअन्तर्गत महासंघको जिल्ला अध्यक्षहरूमा कास्कीका लागि माधव बराल, पर्वतमा लक्ष्मीप्रसाद सापकोटा, बागलुङमा राम थापा, मनाङमा नविन लामिछाने, मुस्ताङमा सुनदेवी रसाइली, लम्जुङमा सन्देश पौडेल, तनहुँमा डिपी अधिकारी, स्याङ्जामा प्रदिप कोइराला, म्याग्दीमा हरिकृष्ण गौतम, नवलपुरमा श्रीराम सिग्देल निर्वाचित भए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।