ताजा अपडेट »

प्रसन्न श्रेष्ठको स्मृतिमा खस्यौली फुटसल : आयोजक रेडको विजयी शुरुवात

शनिबार, २९ मंसिर २०८१, १६ : ५६
76 Shares
शनिबार, २९ मंसिर २०८१
76 Shares

बुटवल । फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उद्देश्यका साथ रुपन्देहीमा स्वर्गीय प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ शुरु भएको छ । ‘खेलकुदको विकास, हाम्रो अभियान’ नारासहित स्थापना भएको खस्यौली फुटबल क्लबको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा आयोजक खस्यौली रेडले आर्दश एफसीलाई ३—२ गोल अन्तरले पराजित गरेको हो । खस्यौलीका सुजल पौडेल, कमल सुर्यबंशी र रिजन सुनारले गोल गरे । आर्दश एफसीका मिलन मगरले दुई गोल गरे ।

एक समारोहका बिच समाजसेवी चिरन्जीवी श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा आधुनिक समाज डेन्टल प्रालिका योजना प्रमुख माधव सापकोटाले समाज डेन्टलबाट समुदायमा गरेका दन्त सुरक्षा र क्यान्सर सचेतनाका कार्यक्रममा बारे प्रकाश पार्दै गतवर्ष करीब १ लाख भन्दा बढीको समुदायमा पुगेर मुख स्वस्थ्य परिक्षण गरेको बताए । कोभिड संक्रमणकालको स्मरण गर्दै मानव स्वस्थ्यप्रति सचेतना बढाउन खेलकुद जरुरी रहेको उनले बताए ।

कार्यक्रममा क्लबका संरक्षक गोपाल कुमार प्रधान, टिम म्यानेजर महेन्द्र थापा, सदस्य महेश श्रेष्ठले मानव स्वस्थ्य र खेलकुदलाई जोड्न निरन्तर खेलप्रतियोगिता गर्न जरुरी रहेको बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक स्वस्तिक श्रेष्ठले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलप्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगद पुरस्कारको ब्यवस्था रहेको उनले बताए । तिलोत्तमास्थित मोनालिसा फुटसल एरिनामा हुने प्रतियोगितामा २० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने उनले बताए ।

युवा फुटबल खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ विभिन्न खेल गतिविधिमा सहभागी जनाउदै आएको क्लबबाट पहिलो प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष अमित बहादुर क्षेत्रीले बताए । रुपन्देहीमा संगित र खेलकुदमा उदाउदो युवा स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृतिमा परिवारमा प्रथम पुरस्कार सौजन्य भएको उनले बताए ।

खेलस्थलमा दन्त परीक्षण तथा क्यान्सर सचेतना
रुपन्देहीमा आयोजना भएको स्वर्गिय प्रसन्न श्रेष्ठको स्मृति प्रथम खस्यौली फुटसल प्रतियोगिता २०८१ को खेलस्थलमा नै पहिलोपटक दन्त परिक्षण तथा क्यान्सर सचेतना कार्यक्रम गरिएको छ । आधुनिक समाज डेन्टल प्रालिको मोबाईल डेन्टल युनिटबाट तिलोत्तमानगरपालिकास्थित मोनालिसा फुटसल एरिना परिसरमा क्यान्सर सचेतनामुलक कार्यक्रम, आधुनिक मोबाईल डेन्टल युनिटसहितको परिक्षण गरिएको हो ।

मुख स्वास्थ्य अभियन्ता अमृत भुसाल तथा आधुनिक समाज डेन्टलबाट रुपन्देहीमा लामोसमयदेखी मुखदात क्यान्सर सचेतना अभियान संचालन हुदै आएको छ । खेलाडी, खेलप्रेमी र स्थानियहरु कार्यक्रममा सहभागी रहेका थिए । सेवा, व्यवसायसंगै सामाजिक सेवामा उत्तरदायित्वमा प्रालिबाट निरन्तर कार्यक्रमहरु गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।