ताजा अपडेट »

पत्रकार महासंघ निर्वाचनः यस्तो छ, लुम्बिनीका १२ जिल्लाको परिणाम

शनिबार, २९ मंसिर २०८१, ११ : २२
78 Shares
शनिबार, २९ मंसिर २०८१
78 Shares

बुटवल । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न अधिवेशनबाट लुम्बिनी प्रदेश कमिटी र १२ जिल्लाको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक भएको नतिजाअनुसार प्रेस चौतारीले ५ वटा जिल्लाको नेतृत्व जितेको छ भने प्रेस सेन्टरले ४ वटा जिल्ला जितेको छ । प्रेस युनियनले प्रदेश कमिटीको नेतृत्व र तीन जिल्लाको नेतृत्व जितेको हो ।

केन्द्र, प्रदेश र जिल्लामा गठबन्धन गरेका प्रेस चौतारी र प्रेस युनियनले आन्तरिक विवादका कारण केही जिल्ला गुमाएका छन् ।

युनियनले लुम्बिनी प्रदेश कमिटीमा तथा बाँके र प्यूठानको नेतृत्व जितेको हो । प्रेस चौतारीले रुपन्देही, पाल्पा, गुल्मी, पश्चिमनवलपरासी, अर्घाखाँचीमा नेतृत्व हात पारेको हो भने प्रेस सेन्टरले कपिलवस्तु, बर्दिया, रोल्पा र रुकुमपूर्वमा नेतृत्व हात पारेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।