ताजा अपडेट »

पत्रकार महासंघ रुपन्देहीमा मतदान सम्पन्न, २३३ मत खस्यो

शुक्रबार, २८ मंसिर २०८१, १६ : ५८
220 Shares
शुक्रबार, २८ मंसिर २०८१
220 Shares

बुटवल । नेपाल पत्रकार महासंघ रपन्देहीको मतदान सम्पन्न भएको  । साढे ४ बजे सकिएको मतदानमा २३३ मत खसेको निर्वाचन अधिकृत धनश्याम गौतमले जानकारी दिए । 

नेपाल पत्रकार महासंघको नेतृत्वको लागि ३ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेतृत्वका लागि दिनेश पाण्डे, विनोद परियार र अमृता अनमोल पाण्डेय चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

पाण्डे नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट उम्मेद्वार बनेका हुन भने परिवार प्रेस सेन्टर, समाजवादी प्रेस संघगठन, प्रगतिशिल पत्रकारको संयुक्त प्यानबाट उम्मेद्वार बनेका हुन् । यस्तै अनमोल स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेद्वारी दिएकी हुन् । 
पत्रकार महासंघ रुपन्देहीमा २५४ जना सदस्य रहेका छन् । सर्वदलीय बैठक बसेर केही समय पछि मत गणना हुने निर्वाचन समितिले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।