ताजा अपडेट »

चौध करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै

शुक्रबार, २८ मंसिर २०८१, १० : २९
28 Shares
शुक्रबार, २८ मंसिर २०८१
28 Shares

पर्वत ।  कुश्मा नगरपालिकाले रु १४ करोडको लागतमा पालिले भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गरेका छन् । आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको छ । भवन लिफ्टसहित साढे छ तलाको हुनेछ । साथै पर्वतका सातवटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ । महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।