ताजा अपडेट »

विश्वविख्यात वेस्ट इन्डियन खेलाडी लारा आज नेपाल आउँदै

शुक्रबार, २८ मंसिर २०८१, ०७ : ३१
42 Shares
शुक्रबार, २८ मंसिर २०८१
42 Shares

काठमाडौं । नेपाल प्रिमिर लिग (एनपिएल) हेर्न नेपाल क्रिकेट संघ (क्यान)को निमन्त्रणामा विश्वविख्यात वेस्ट इन्डियन लिजेन्ड क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन् । उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरु हेर्नेछन् भने क्रिकेट खेलाडीहरुसँग साक्षात्कारसमेत गर्नेछन् । लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् । उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन् ।

अहिले एनपीएलमा वेस्ट इन्डिजका केही खेलाडीहरु विभिन्न टिमबाट खेलिरहेका छन् । ५५ वर्षिय ब्रायन लारा सर्वकालिन महान क्रिकेटरमा पर्छन् । टेस्ट क्रिकेटको एउटै इनिङ एक्लै चार सय रन बनाउने एक्ला ब्याट्सम्यान हुन् उनी ।

लाराले १३१ टेस्टमा ११ हजार ९५३ रन जोडेका छन्, जसमा ३४ शतक र ४८ अर्धसतक सामेल छन् । यस्तै, २९९ एक दिवसीय खेल्दा १९ शतक र ६३ अर्धसतकसहित १० हजार ४०५ रन बनाएका छन् ।

लाराले सन् १९९० देखि २००७ सम्म वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट खेलेका थिए । सन् २००७ को अप्रिल २१ मा उनले अन्तिम एकदिवसीय खेलेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।