ताजा अपडेट »

‘ह्रस्व दीर्घ’ काे हिन्दी संस्करणको ओटीटी अधिकार भारतको जी-फाइभले किन्यो

शुक्रबार, २८ मंसिर २०८१, ०५ : २५
26 Shares
शुक्रबार, २८ मंसिर २०८१
26 Shares

नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ हिन्दी संस्करणको स्याटेलाइट र ओटीटी अधिकार बिक्री भएको छ।  भारतको चर्चित कम्पनी जी-नेटवर्कले हिन्दी संस्करणको स्याटेलाइट र ओटीटी किनेको निर्माण टिमले जनाएको छ।  जी-नेटवर्कअन्तर्गत रहेको जी-फाइभ भारतको लोकप्रिय ओटीटी प्लेटफर्म हो। भारतमा रहेका निमात्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले बुधबार राइट बिक्रीबारे सम्झौता गरेका हुन।

नेपाली र दक्षिण भारतीय बाहेकका भाषाको राइट जि मीडियाले महँगो मूल्यमा किनेको छ। नीता ढुंगानाको लगानीमा बनेको फिल्ममा हरिहर अधिकारीको कथा छ। फिल्ममा प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद छ।

फिल्ममा नीतासहित भारतीय कलाकार ब्रह्मानन्दम, प्रदीप रावत, सुनील बर्मा, अली लगायतको अभिनय छ। साथै प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतले पनि अभिनय गरेका छन्।

६ करोड लगानीमा बनेको यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्। यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो।

यस फिल्मले नेपालमा भने १० करोड बढीको व्यापार गरिसकेको छ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।