बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष (खुल्ला) मा विश्वास ढकाल र्निविरोध निर्वाचित भएका छन् । उपाध्यमा उम्मेद्वारी दिएका प्रकाश पाण्डेले उम्मेद्वारी फिर्ता लिएपछि ढकाल र्निविरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै अन्य समावेशीमा सदस्य पदमा पनि गोविन्द बहादुर घर्ती र्निविरोध निर्वाचित भएका छन् । पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ३ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रेस चौतारी र युनियको साझा प्यानलबाट दिनेश पाण्डे चुनावी मैदानमा छन् भने प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रगतिशिल पत्रकारको संयुक्त प्यानलबाट विनोद परियार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
यस्तै प्रेस चौतारीकी केन्द्रिय सदस्य अमृता अनमोलले पनि अध्यक्षको प्रतिस्पर्धामा छिन् । यद्यपीबागि उम्मेद्वारी दिएको भन्दै उनलाई प्रेस चौतारीले निष्काश गरिसकेको छ । जिल्ला शाखा अधिवेशनको उपाध्यक्ष महिला पदमा उषादेवी पन्थ, माया केसी र मिना पाण्डे (अस्मीना) चुनावि मैदानमा छन् । यस्तै सचिव पदमा सीपी खनाल र कविराज अधिकारी चुनावी मैदानमा रहेका हुन ।
यस्तै सह सचिव पदमा झविन्द देवकोटा, टेकराज भुषाल चुनावि मैदानमा छन् । सह सचिव समावेशीमा सुमन श्रेष्ठ, राधेश्याम विश्वकर्मा र सुनिता चँदाली मैदानमा छन् । कोषाध्यक्ष पदमा नरेश केसी र सञ्जय विश्वकर्मामा चुनावि मैदानमा रहेका छन् ।
प्रतिक्रिया