ताजा अपडेट »

एनपिएलः काठमाडौँद्वारा जनकपुर सामु एक सय दुई रनको लक्ष्य प्रस्तुत

विहीबार, २७ मंसिर २०८१, १४ : ५०
14 Shares
विहीबार, २७ मंसिर २०८१
14 Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले जनकपुर बोल्ट्स सामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौंले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनाएको हो । 

काठमाडौंका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । सो क्रममा उनले दुई चौकासमेत प्रहार गरे । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

काठमाडौंको लागि शाहब आलम र माइकल लेविटले समान आठरआठ, रासिद खानले सुात, प्रतिक श्रेष्ठले छ, भीम सार्कीले चार र डेन डउथवेटले एक रन बनाए । यो खेलमा काठमाडौंले अतिरिक्त ११ रन पाएको छ । 

जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान तीनरतीन विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले दुई, अर्निको यादव र किशोर महतोले एकरएक विकेट हात पारे । अहिले जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।