ताजा अपडेट »

धरानमा शनिबारदेखि योमरी महोत्सव हुँदै

विहीबार, २७ मंसिर २०८१, ११ : ३१
12 Shares
विहीबार, २७ मंसिर २०८१
12 Shares

धरान । देय दबुले आगामी शनिबारदेखि तीनदिनसम्म यहाँ योमरी महोत्सव गर्ने भएको छ । 

दबुले बुधबार  पत्रकार सम्मेलन गरेर धिमे नृत्यसहित महोत्सव गर्न लागेको जनाएको हो । पाँचाैँ संस्करणको यो महोत्सवमा दुई सय कलाकारले नृत्य प्रस्तुत गर्ने केन्द्रीय उपाध्यक्ष अनिल मास्केले बताए ।  

नेपालभाषी समुदायमा यमरीपुन्ही अर्थात् योमरी पूर्णिमाका दिन (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले वाष्पद्वारा पकाइएको रोटी) देवीदेवतालाई चढाएर प्रसादका रूपमा खाने चलन छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।