ताजा अपडेट »

कर्मचारीहरू गुनासो पोख्न नेता बोकेर सिंहदरबार धाउँछन्ः मन्त्री गुप्ता

विहीबार, २७ मंसिर २०८१, ०८ : ०४
30 Shares
विहीबार, २७ मंसिर २०८१
30 Shares

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलेसुरू गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै नेता लिएर आउने गरेको बताए ।

सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी सो कार्यक्रममा उनले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको बताए । उनले भने, ‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ । मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या प¥यो । यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न । जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ । यो पीडाबाट म आफै ‘परिसान’ छु ।’ अब आउने ३९औँ ब्याचका कर्मचारीहरूले त्यस्तो हर्कत नदोहोर्याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुप्ताको भनाइ छ ।

उनले भने, ‘कमसेकम तपाइँहरूको यो ब्याचले यो काम (नेता बोक्ने) गर्ने छैन । तपाइँहरू गर्नुहुन्न भन्ने विश्वास छ । राम्रा मात्रै कामका लागि तपाइहरूलाई धेरै–धेरै शुभकामना छ ।’ उनले आफ्नो जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरेको खण्डमा सुविधाहरू आफै प्राप्त हुने भन्दै राम्रो काम गर्दा मात्रै सबैले सम्मान पाउनाका साथै देशको गरिमा समेत जोगिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।