ताजा अपडेट »

जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

विहीबार, २७ मंसिर २०८१, ०७ : ४१
20 Shares
विहीबार, २७ मंसिर २०८१
20 Shares

काँक्रेविहार । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

ग३च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा  नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए । घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।