ताजा अपडेट »

शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा सम्पन्न

बुधबार, २६ मंसिर २०८१, २० : ४५
30 Shares
बुधबार, २६ मंसिर २०८१
30 Shares

बुटवल । शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीको प्रमुख आथित्यता र तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणको विशेष आथित्यतामा साधारणसभा सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै पूर्वमुख्यमन्त्री लिला गिरीले प्राकृतिक विपत्तिलाई न्यूनिकरण गर्नका लागि पनि वन संरक्षण गर्न आवश्यक रहेको बताए । साथै उनले जति वनको संरक्षण गर्न सक्यो त्यत्ति नै मावनजातिको स्वास्थ्यका लागि समेत फाइदाजनक हुने बताए ।

यस्तै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकाले हरियाली प्रर्वद्धनमा विशेष ध्यान दिएको बताउँदै स्थानीय सरकारको रुपमा गर्न सक्ने सबै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै तिलोत्तमाकी उपमेयर जागेश्वरी चौधरीले पनि तिलोत्तमा नगरपालिकाको मुख्य ध्यान हरियाली प्रवद्र्धनमा रहेको बताइन् । साधारणसभा अध्यक्ष रबिन्द्र बस्नेतले समूहको तर्फबाट नीति तथा कार्यक्रमसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै समूहको सेवा क्षेत्र भित्रका सार्वजनिक सहकारी ५ वटा विद्यालयहरुबाट २ २ जना विद्यार्थीहरुलाई छात्रवृत्ति एवं पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशी ५ रहेको थियो । वन उपभोक्ता समूहको आर्थिक वर्षमा खुद आम्दानी १ करोड ३४ लाख ६ हजार ५८३ रहेको अध्यक्ष रविन्द्र बस्नेतले बताए । यस्तै सोही आर्थिक वर्षमा १ करोड १ लाख ९२ हजार ७२ खर्च भएको अध्यक्ष बस्नेतले बताए ।

कार्यक्रममा कानुनी सल्लाहकार तथा पूर्व महान्याधिवक्ता खुमाकान्त पौडेल, वरिष्ठ सल्लाहकार टेकबहादुर थापा, वडा अध्यक्षको तर्फबाट तिलोत्तमा ३ का अध्यक्ष कल्याण पौडेल, नेपाली कांग्रेस तिलोत्तमाका नगरसभापति हरिलाल पाण्डेय, एमाले अध्यक्ष मिनप्रसाद पोखरेल, माओवादीका अध्यक्ष वेलप्रसाद शर्मा, जनमुक्ति पार्टीका तिलोत्तमा नगर अध्यक्ष राधिका श्रीस, कार्यक्रममा महिला पार्षद सदस्यहरुको तर्फबाट भगवती बस्याल, पुरुष पार्षदहरुको तर्फबाट लोकनाथ पाण्डे, महिला उपसमूहबाट धनिकला पाण्डे, शंकरनगर भित्रका विद्यालयको तर्फबाट दुर्गादत्त माविका प्राचार्य चन्दीप्रसाद पाण्ड लगायतले बोल्दै वन संरक्षण गर्न सबै लाग्नु पर्ने बताएका थिए । 

शंकरनगर सामुदायिक वनको कुल क्षेत्रफल ५८४.६० हेक्टर मध्य ११८४२ रुख खण्ड, ३५५.९९ हेक्टर पोल खण्ड, ११०.१९ हेक्टर वृक्षारोपण खण्ड मध्येबाट वर्गीकरण गरी त्यसबाट ५१.३४ हेक्टर क्षेत्रफल पर्यापर्याटनका लागि छुट्याइएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १ देखि ४ को कार्यक्षेत्र अन्तर्गत पर्ने शंकरनगर सामुदायिक वन समूहको स्थापना वि.स. २०४५ सालमा भएको थियो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।