बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।
मंसिर २८ गते हुने महासंघको अध्यक्षका लागि नेपाल प्रेस युनियन र प्रेस चौतारी संयुक्त प्यानलबाट दिनेश पाण्डे, प्रेस सेन्टर, समाजवादी प्रेस संघठन, प्रगतिशिल र जनपत्रकार संघठनको संयुक्त प्यानलबाट विनोद परियारले उम्मेद्वारी दिएका छन् । पाण्डे पत्रकार महासंघका पूर्व उपाध्यक्ष समेत हुन् भने परिवार अहिले महासंघको सचिव समेत हुन् ।
यस्तै अध्यक्षमा अमृता अनमोल (पाण्डेय) र हरिष ढकालले पनि उम्मेद्वारी दर्ता गराएका छन् । ढकाल प्रेस युनियन रुपन्देहीका पूर्व अध्यक्ष तथा सल्लाहाकार हुन् भने अनमोल पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष तथा प्रेस चौतारीको केन्द्रिय सदस्य हुन् ।
ढकाल र अनमोलले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गरेका हुन् । महासंघको पदाधिकारी र कार्यसमिति सदस्यमा पनि उल्लेखनीय रुपमा स्वतन्त्र रुपमा उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघ रुपन्देही शाखामा २५८ जना सदस्यहरु रहेका छन् ।
प्रतिक्रिया