ताजा अपडेट »

७६औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रभातफेरी तथा नागरिक सम्बाद

बुधबार, २६ मंसिर २०८१, ११ : ०९
54 Shares
बुधबार, २६ मंसिर २०८१
54 Shares

बुटवल । राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश  तथा रुपन्देहीमा क्रियाशिल मानवअधिकार तथा  नागरिक समाजसग समन्धित २ दर्जन भन्दा बढी संघसस्थाहरुको सहकार्यमा राजमार्ग चौराहा देखि प्रभातफेरी शान्तिर्याली  निकालिएको थियो।  र्याली मिलनचोक, नयाँ बसपार्क, भुड्किचोक श्रवण पथ हुदै चादबारी सुख्खानगर स्थित होटल मेरीगोल्डको सभाहलमा  पुगेर नागरिक सम्बादमा रुपान्तरण भएको थियो ।

नागरिक सम्बाद कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजको कार्यपत्र र अबधारणा पत्र प्रस्तुत गरेका थिए । शान्ति समाजको तर्फदेखी  केन्द्रिय सदस्य डिपि खनालले बढ्दो युवा पलायन र सैन्य प्रयोजनको खतरा विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।   र कल्पना ढकालले  मानवअधिकारको अबधारणा प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले मानवअधिकारको प्रबर्द्धन, संरक्षणको लागि सबै जिम्मेवार हुनुपर्ने औल्याए। उनले निष्पक्षता, सत्यता, निर्भीकता साथ मुलुक भित्रका सरोकारवाला सबैले आफ्नो आचारण, ब्यवहार गर्नुपर्नेमा जोड दिए।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सबैको  मानवअधिकार सुनिश्चितताको लागि स्थानीय सरकारको रूपमा आफुहरुले काम गरिरहेका बताउदै  अझै उन्नत, परिस्कृत र सहज, सरल मानवअधिकारका सेवाको लागि  नयाँ योजनाका साथ अगाडि बढ्न सकिने उनले वताए । मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सल्लाहकार र निवर्तमान सभापति गोविन्द खनालले मानवअधिकारका बिश्वब्यापी घोषणा पत्र,  नेपालको संविधानले सुनिश्चित अधिकारहरु  अक्षरस कार्यान्वयन गरेर हरेक विभेद अन्त्य गरिनुपर्ने वताए ।

उपभोक्ता संरक्षण हित लुम्बिनी प्रदेश अध्यक्ष तेज प्रसाद पाठकले दैनिक उपभोग्य सामानको गुणस्तरमा कुनै किसिमको खेलवाड नगर्न उल्लेख्य गर्दै उपभोक्ताले उपभोग गर्ने हरेक वस्तुहरु  स्वस्थ, सर्वसुलभ  हुनुपर्नेमा जोड दिए ।
चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले व्यावसायिका मर्काहरु बुझिदिनुपर्ने र  ढुक्क सग ब्यापार  गर्ने अवस्था हुनुपर्ने वताए। राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवालीले  वर्तमान अवस्थाको जानकारी गराउदै मानवअधिकार सुरक्षीत र सुनिश्चितताको लागि  आफुहरुले काम गरेको वताउदै नागरिक समाज तथा सरोकारवाला सबै निकायसग मिलेर काम गर्ने वताए।

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीले विभिन्न समयमा व्यवस्था परिवर्तन भएपनि विभेद  अन्त्य नभएको भन्दै सबभन्दा पहिला सबैले आफुबाट आफ्नो आचारणबाअत अरुलाइ सम्मान, सहयोग, प्रेम  गर्नुपर्ने र मानवताको उच्चतम ब्यवहार गरिनुपर्ने बताए। कार्यक्रम मानवअधिकार तथा शान्ति समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि प्रसाद ज्ञवालीको स्वागत तथा इन्सेक प्रतिनिधि रिमा विसिको संचालनमा सप्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।