ताजा अपडेट »
नेपाल प्रिमियर लिग

सुदुरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

बुधबार, २६ मंसिर २०८१, १० : ५२
36 Shares
बुधबार, २६ मंसिर २०८१
36 Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ।

 त्रिभुवन विश्वबिधालय, किर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन मात्र जोडन सफल भएको छ। 

सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाएका थिए, उनले ३७ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

यस्तै, अर्का ओपनर सैब जैबले २१ बलमा दुई छक्कासहित २१ रन बनाउन सफल भए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।