ताजा अपडेट »
चाइनाकाे विकास

दक्षिण चीनबाट हङकङ–मकाओ जोड्ने ३१ किलोमिटर लामाे पुल संचालनको तयारी

बुधबार, २६ मंसिर २०८१, ०६ : ००
92 Shares
बुधबार, २६ मंसिर २०८१
92 Shares

एजेन्सी । दक्षिण चीनको ग्वाङडोङ–हङकङ–मकाओ जोड्ने सामुन्द्रिक च्यानल पुल यातायातका लागि खोलिने भएको छ । पुल संचालनका लागि सबै इलेक्ट्रोमेकानिकल उपकरणहरू जडान पूरा भएको छ । गुआङडोङ प्रान्तको झुहाई शहर र जियाङ्मेनलाई जोड्ने पुल हङकङ–झुहाई–मकाओ क्रस–‘सी’ मेगा ब्रिज र शेन्जेन–झोङ्सान च्यानलपछिको अर्को मेगा क्रस‘सी’ च्यानल परियोजना हो।

सन् २०२० बाट निर्माण सुरु भएको पुल ३१ किलोमिटर छ । दुई–तर्फी छ लेन राजमार्ग संरचना रहेको पुल संचालनमा आएपछि झुहाई र जियाङ्मेन बीचको यात्रा आधा घन्टा घट्नेछ । पुल साढे चारबर्ष लगाएर निर्माण गरिएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।