बुटवल । रुपन्देहीमा १८ वर्ष पछि एक फरार कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
रुपन्देही साविक सिलौटिया गा.वि.स. वडा नं. ६ हाल मर्चवारी गाउँपालिका ५ लक्ष्मीपुर बस्ने खड्ग भन्ने पुजारी यादवलाई प्रहरीले पक्राउ गरेको हो । २०६४ असार १२ गते अदालतले यादवलाई कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजायको फौसला सुनाएको थियो ।
यादवलाई इलाका प्रहरी कार्यालय मर्चवाररुपन्देहीबाट खटिएको टोलिले मंगलबार पक्राउ गरेको हो । उनलाई कैद भुत्तानका लागि आजै जिल्ला कारागार कार्यालय रुपन्देही चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नविन पौडेलले जानकारी दिए ।
प्रतिक्रिया