लुम्बिनी । ‘सेवा नै धर्म हो’ भन्ने मुल बिचरबाट प्रभावित भई १५ औँ निःशुल्क आँखा शिबिरमा कुल १ हजार ५७ जना मोतियाबिन्दु रोगीहरुको शल्यक्रिया लुम्बिनीमा आज सम्पन्न भएको छ ।
प्रत्येक वर्ष हुने यस बर्षको निःशुल्क आँखा शिविरमा नवलपरासीका २ सय ९३, कपिलवस्तुका १ सय ९३ र रुपन्देहीका ५ सय ७१ जना गरि कुल १ हजार ५७ जान मोतियाबिन्दु रोगिहरुको शल्यक्रिया सम्पन्न भएको लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले बताए ।
सन २०१० देखि थाइल्यान्डका राजा भुमिबोल अदुलयादेजको स्मृतिमा निःशुल्क आँखा शिबिर हुने गरेको लुम्बिनीस्थित राजकीय थाई बिहारका प्रमुख भिक्षु एवं चौखुन सुफोथले जानकारी गराए ।
उनको सहयोगले स्थानीयवासी प्रति कहिले आँखा निःशुल्क शिबिर, त कहिले घुडाको शल्यक्रिया तथा निरन्तर दन्त उपचार सेवा, एलोपैथिक तथा अयुर्वेदिक उपचार दिँदै आएका छन।
उपचार एवं शल्यक्रियामा नेपालका तिलगंगा आँखा उपचारकेन्द्र ,काठमाडौं थाइल्यान्ड सरकारको आँखा उपचारकेन्द्र , थाई राजदुतावास , काठमाडौं र थाई एयरवेज लगायतको संघ संस्थाहरुको सहयोगले हुदै आएको थाई बिहारले जनाएको छ ।
प्रतिक्रिया