ताजा अपडेट »

तिलोत्तमामा छैटौं राष्ट्रपति रनिङ शिल्डको भब्य तयारी, २७ गतेदेखि शुरु हुने

मंगलबार, २५ मंसिर २०८१, १२ : ४६
114 Shares
मंगलबार, २५ मंसिर २०८१
114 Shares

तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा छैटौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता विहिबारदेखि सुरु हुने भएको छ । नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजनामा यहि मङ्सिर २७, २८ र २९ गते तीन दिनसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको नगर खेलकुद विकास समिति तिलोत्तमाका अध्यक्ष लोक पुनले जानकारी दिएका छन्। 

तिलोत्तमा–४, जनज्योति खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ४१ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिने निश्चित भएको नगर खेलकुद विकास समितिका अध्यक्ष पुनले जानकारी दिए ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बताए । जिल्ला स्तरिय रनिङ्ग शिल्ड समेत तिलोत्तमा नगरपालिकाको सोहि मैदानमा हुने गरि संयोजन गरिएको बताउदै नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले यस प्रति सबै नगरबासीले गौरव गर्दै आ(आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने बताए।

प्रतियोगिताको बारेमा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर(४ का अध्यक्ष हरि बहादुर क्षेत्रीले रनिङ्ग शिल्ड गौरवको कुरा भएको र खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताए । खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले भूमिका रहने उल्लेख गर्दै उनले खेल मैदानलाई स्तरोन्नती गरी खेलाडी उत्पादन र खेलको विकास गरिने बताए ।

प्रतियोगितामा ५४ विधामा खेल हुने छन् एथ्लेक्टिक्सतर्फ २६ इभेन्टहरु हुने छन् भने करातेतर्फ १२, तेक्वान्दो तर्फ १२, भलिबलतर्फ २ र कबड्डीतर्फ २ विधामा खेल हुनेछ। जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको समितिका अम्योजक तथा अध्यक्ष लोक पुनले बताए ।रिले दौड,हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डीलगायतका प्रतियोगिताहरु हुने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।