ताजा अपडेट »
नेपाल प्रिमियर लिग

रोहितकुमार पौडेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनले लुम्बिनीलाई पहिलो जित

मंगलबार, २५ मंसिर २०८१, १२ : २८
132 Shares
मंगलबार, २५ मंसिर २०८१
132 Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनको मद्दतले लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले हराएको छ । १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल नायक बने । उनले अलराउन्ड प्रदर्शन गर्दै चितवनको इनिङ्स ध्वस्त पार्न उनले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका पौडेलले मात्र १७ रन खर्चिए । प्रतियोगितामा उनको विकेट सङ्ख्या ७ पुगेको छ ।

चितवनका लागि लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २९ बलमा ३ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, कुशल मल्लले २० रन जोडे । १७ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे । रवि बोपारा १६ रनमा १२ रन जोड्दै आउट भए भने ओपनर सन्तोष कार्कीले १० रन जोडे ।

खेलमा चितवन सुरुवातदेखि नै दबाबमा परेको थियो । दोस्रो ओभरमा नै विपिन रावललाई गुमाएको चितवनले तेस्रो ओभरमा सन्तोष कार्की गुमाएको थियो । लगत्तै सोहेल तनवीर पनि १ रन बनाउँदै पभेलियन फर्किए । 

त्यसपछि बेनकेन्सटाइन र बोपारा मिलेर टोलीलाई सम्हाल्ने प्रयास गरे पनि टोलीले लगातार विकेट गुमाउँदै गयो र पाँच खेलमा दोस्रो हार बेहोर्न बाध्य बन्यो ।

खेलको अन्त्यतिर नरबहादुर सार्कीले १२ बलमा २२ रन तथा रिजन ढकालले १४ बलमा १५ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । लुम्बिनीका लागि रमोन सिमन्ड्सले २ विकेट तथा साद बिन जाफर र अभिषेक गौतमले १ विकेट लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।