ताजा अपडेट »

सडक दुर्घटनामा कपिलबस्तुका फुटबल खेलाडी न्यौपानेको मृत्यु

मंगलबार, २५ मंसिर २०८१, १२ : १६
4.19K Shares
मंगलबार, २५ मंसिर २०८१
4.19K Shares

बुटवल । सवारी दुर्घटनामा कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको मृत्यु भएको छ।

कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राती स्कुटर दुर्घटनामा मृत्यु भएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट बनकसियातर्फ जाँदै गरेका न्यौपाने दुर्घटनामा परेका थिए।

स्कुटर अनियन्त्रित भई सडक किनारमा रहेको बिजुली पोलमा ठोक्किदाँ न्यौपाने गम्भीर घाइते भएका थिए।

न्यौपानेको उपचारको क्रममा मंगलबार बिहान साढे ५ बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनी कपिलवस्तुमा सञ्चालिन राष्ट्रिय मेला अवलोकन गरेर घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।