ताजा अपडेट »

भैरहवामा उडान स्थगित गर्न फ्लाई दुबईसहित तीन वायुसेवाले पठाए प्राधिकरणमा पत्र

सोमबार, २४ मंसिर २०८१, १५ : २८
3.61K Shares
सोमबार, २४ मंसिर २०८१
3.61K Shares

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल उडान गर्न नसकिने भन्दै तीनवटा वायुसेवा कम्पनीले उडान स्थगितको पत्र पठाएका छन् । जजीरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले मौसमको कारण देखाएर केही समय उडान स्थगित गर्नुपर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लिखित जानकारी गराएका हुन् ।

प्राधिकरणले छलफल पनि यसको जवाफ दिन सकिने बताएको छ । एयरलाइन्सले औपचरिक रुपमा उडान स्थगित गर्नुअघि प्राधिकरणले अनुमति दिनुपर्छ ।  पछिल्ला केही दिनदेखि बाक्लु हुस्सु लाग्न थालेपछि भैरहवामा अपराह्नसम्म उडान, अवतरण भइरहेको छैन । यसले गर्दा भैरहवा जाने अन्तर्राष्ट्रिय जहाज काठमाडौँमा डाइर्भट भइरहेका छन् । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार अहिले भैरहवामा १ हजारदेखि १२ सय मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको छ । यो विमान अवतरणका लागि पर्याप्त होइन । एटीआरलगायत ठुला जहाजका लागि न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । 

भैरहवामा आरएनपीएआर एप्रोच (रिक्वायर्ड न्याभिगेसन पर्फरमेन्स अथोराइजेसन)  प्रणाली नभएका कारण यो समस्या देखिएको हो । आरएनपीएआर एप्रोच जडान भएका विमानस्थलमा ८०० मिटरको भिजिबिलिटमा पनि जहाज अवतरण गर्न सक्छन् । प्राधिकरणले माघ १० भित्र आरएनपीएआर एप्रोच प्रणाली जडान गर्ने जानकारी गराएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।