ताजा अपडेट »

बुटवलमा प्रथम सहिद लखन थापा स्मृति भलिबल प्रतियोगिता हुने, पुरस्कार ३० हजार

सोमबार, २४ मंसिर २०८१, १५ : १६
174 Shares
सोमबार, २४ मंसिर २०८१
174 Shares

बुटवल । बुटवलमा प्रथम सहिद लखन थापा स्मृति भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । नेपाल मगर युवा संघ बुटवल उपमहानगर वडा नं. ७ को आयोजनामा यही मंसिर २६ गतेदेखि ३० गतेसम्म सो प्रतियोगिता हुने भएको हो । 

आयोजकले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी मगर समुदायको मौलिक पर्व मंसिर पूर्णिमा बाबैबजै पूजाको अवसर पारेर भलिबल प्रतियोगित गर्न लागेर्को जानकारी दिएको हो । प्रतियोगितामा पथम हुनेलाई नगद ३० हजारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल मगर युवा संघ बुटवल ७  का इकाई समिति अध्यक्ष कुमार रानामगरले बताए । 

यस्तै प्रतियोगितामा द्धितीय हुनेले २० हजार, तृतीयले १५ हजार र सान्तन्वा हुनेलाई नगद ५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । अध्यक्ष रानामगरका अनुसार वेष्ट प्लेयर, वेष्ट स्पाइकर, वेष्ट डिफेन्सर, वेष्ट सेन्टर, वेष्ट सर्भर र वेष्ट ब्लकर लगायतमा विधामा उत्कृष्ट हुनेलाई नगद २ हजार पुरस्कार प्रदान गरिने छ । 

बुटवलको बुद्ध ग्राउन्डमा हुने प्रतियोगितामा रुपन्देही भित्रका १८ टिमहरुले भाग लिने अध्यक्ष रानाले बताए । टिम दर्ताका लागि ३ हजार शुल्क निर्धारण गरिएको उनले बताए । छोटो समयमा नै प्रतियोगिता गर्ने तयारी रहेकाले यस पटक पुरस्कारको राशि कम भएता पनि आगामी वर्षदेखि पुरस्कार राशी वृद्धि गर्ने संरक्षक कृष्ण थापा क्षेत्रीले बताए । 

साथै आगामी वर्षबाट रनिङ शिल्ड प्रतियोगिता गर्ने गरी अहिलेबाट नै आफुहरु लाग्ने थापा क्षेत्रीले बताए । यस्तै कार्यक्रममा बोल्दै नेपाल मगर संघ बुटवल उपमहानगर समिति अध्यक्ष बसन्ती साट्टीघरेले प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता गरिन् । 

प्रतियोगितालाई सम्पन्न गर्नका लागि ६ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष कुमार रानामगरले बताए ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।