बुटवल । आईएसएमटी कलेजले बीएचएम र बिएस्सी आइटी विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले आइतबार होटल पौवामा एक कार्यक्रमको आयोजना गरि अभिमुखीकरण कार्यक्रम प्रदान गरेको हो ।
सो अभिमुखीकरण कार्यक्रममा आईएसएमटी ग्रुपका प्रिन्सीपल धुव्रबाबु जोशिले कार्यक्रमको बारेमा विद्यार्थीलाई जानकारी गराउनुका साथै क्याम्पस र विश्वविद्यालयको बारेमा प्रस्ट पारेका थिए । आईएसएमटी कलेज आधुनिक कलेज रहेको र अत्याधुनिक सुविधाहरुसहित गुणस्तरीय पठनपाठन हुने बताए ।
एसएमटी ग्रुपका आइटी प्रोग्राम सपोर्टस दिपेश पाण्डे र बीएचएम प्रोग्राम सपोर्टस अन्जुली श्रेष्ठले शैक्षिक क्रेडेन्सियल मूल्याङ्कन (इसिए) र सह पाठ्यक्रम गतिविधिहरू ९सिसिए० को बारेमा सहभागि विद्यार्थीहरुलाई प्रस्ट पारे । अभिमुखीकरण कार्यक्रम ८२ जना विद्यार्थीको लागि आयोजना गरिएको आईएसएमटी बुटवलका क्याम्पस प्रमुख जीवन पौड्यालले जानकारी दिए ।
बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेज बुटवलमा बीएस्सी आईटी र बीएचएमको पाठ्यक्रम पढाइ हुने गरेको छ।
प्रतिक्रिया