ताजा अपडेट »

कालिका क्याम्पसमा वार्षिकोत्सव ः रक्तदानमा १०२ युनिट संकलन

आइतबार, २३ मंसिर २०८१, १८ : ०७
60 Shares
आइतबार, २३ मंसिर २०८१
60 Shares

बुटवल । बुटवल कालिका क्याम्पसको ११ औं  वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत गरिएको रत्तदान कार्यक्रममा १ सय २ पोइन्ट रगत संकलन भएको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । 

ऋषिराम डुम्रेको अध्यक्षता तथा क्याम्पसका अध्यक्ष होम बहादुर गलामी, उपाध्यक्ष नित्यानन्द ज्ञवाली, क्याम्पस प्रमुख घनश्याम पाठक लगायतको आतिथ्यता रहेको कार्यक्रम संयोजक शंकर गैतमले जानकारी दिए । त्यस्तै क्याम्पसमा  बृहत प्रदर्शनी भएको छ । प्रदर्शनीमा विद्यार्थीहरुले समाज परिवर्तन, सामुदायिक बिकास, प्रविधि, बजार लगायतको प्रदर्शनी गरेका थिए ।

निःशुल्क आँखा शिविरबाट २ सय ५० जना लाभान्वित भएका छन । नेपाल नेत्र ज्योती संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, श्री रणअम्बिका अँखा अस्पतालले सहजीकरण गरेको कार्यक्रम संयोजक इवराज तिवारीले जानकारी दिए । त्यस्तै १ सय ३ जनाले दन्त परिक्षण गराएका छन । दन्त परिक्षणमा  सिटि हव डेन्ट्लले सहजीकरण गरेको थियो ।

त्यस्तै अन्तर क्याम्पस स्तरीय वादविवाद प्रतियोगितामा प्रथम न्यु लाइट कलेजका सुधा खराल द्वितीय बुटवल बहुमुखी क्याम्पसक्कि सलिना अर्याल र तृतीय सिद्धार्थ गौतमबुद्ध क्याम्पस मोनिका तामाङ भएको कार्यक्रम संयोजक शर्मिला पाण्डेले जानकारी दिइन । त्यस्तै बेलुन फुकाउने लगायत भलिबल, डोरी तान्ने, कबड्डी, हाजिरीजवाफ लगायतका कार्यक्रमहरु सकिएको अतिरिक्त क्रियाकलाप संयोजक रेशमराज शर्माले जानकारी दिए ।  

लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री लिला गिरि द्वारा उद्घाटन भएको ११ औं वार्षिक उत्सव तथा अभिभावक दिवासको समापन लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले गर्ने क्याम्पसले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।