ताजा अपडेट »
नेपाल प्रिमियर लिग

लुम्बिनीले जितका लागि पायो १३७ रनको लक्ष्य

आइतबार, २३ मंसिर २०८१, १० : ५५
46 Shares
आइतबार, २३ मंसिर २०८१
46 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो ।

जनकपुरका कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरु मिलान्था २४, आसिफ शेख १६, हर्ष थाकर १, जिमी जिशम १, मोहम्मद मोहसिन ३, शेर मल्ल ०, हेमन्त धामी ९ रनमा आउट भए । शुभ कंशाकार २२ रनमा अविजित रहे ।

बलिङमा लुम्बिनीका अभिषेक गौतम ३, कप्तान रोहित पौडेल र साद विन जफर २–२ र सन्दीप जोराले एक विकेट लिए ।पहिला ३ खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा रहनेछन् । भने जनकपुरले ३ ओटै खेलमा जित निकालेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।