ताजा अपडेट »

कपिलवस्तुमा तीन वटा गाडी आपसमा ठोक्किँदा २ जनाको मृत्यु, ११ घाइते

शनिबार, २२ मंसिर २०८१, २२ : ५०
182 Shares
शनिबार, २२ मंसिर २०८१
182 Shares

बुटवल । कपिलवस्तुमा शनिबार तीन सवारी साधन आपसमा ठोक्किँदा दुई जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परेका कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका-४ हरिहरपुरका ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्यूठानको पकला-७ का ४३ वर्षीय निमबहादुर सारूको ज्यान गएको हो ।

सार्कीको कपिलवस्तु जिल्ला अस्पताल तौतिहवामा र सारूको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ११ जना घाइते भएका छन्। दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

भैरहवा-तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका-३ को गुलरीमा तीव्र गतिको बस अनियन्त्रित भइ कारलाई ठक्कर दिएको थियो। त्यसपछि कारमा मोटरसाइकल ठोक्किएको थियो।

भैरहवादेखि तौलिहवातर्फ जाँदै गरेको लु २ ख २३१ नम्बरको तीव्र गतिको बस अनियन्त्रित भइ तौलिहवाबाट भैरहवा आउँदै गरेको बा १४ च ७४४८ नम्बरको कारलाई ठक्कर दिएको थियो। त्यसपछि कारसँगै लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल पनि बसमा ठोक्किएको थियो।

मोटरसाइकल चालक कपिलवस्तु बुद्धभूमि नगरपालिका-१० पिपरहवाका ५५ वर्षीय रामदास कुर्मी, मोटरसाइकलको पछाडि सवार ५३ वर्षीया मञ्जुकुर्मी, बसमा सवार रूपेन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-६ का २१ वर्षीय यमा मुदिन मुसलमान र कारमा सवार दाङको राप्ती गाउँपालिका-८ बिजौरीका ४९ का गिरबहादुर घर्ती मगर गम्भीर गम्भीर घाइते भएका छन्  ।

घाइतेमध्ये तीन जनाको सिटी अस्पताल भैरहवा र गिरबहादुरको मेडिकल कलेज भैरहवामा उपचार जारी छ। अन्य सामान्य घाइते ७ जनाको भैरहवाको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।