ताजा अपडेट »

राजनीतिक कोर्ष बदल्ने बेला आएको छ: प्रचण्ड

शनिबार, २२ मंसिर २०८१, १९ : ११
84 Shares
शनिबार, २२ मंसिर २०८१
84 Shares


काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन्।
माओवादी केन्द्र गोरखा(काठमाडौ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राखेका हुन् ।
शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने उनले स्पष्ट गरे ।  आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जादा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उहाँले अब त्यो बेला आएको बताए ।
अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र साम्सद होइन बिज्ञ मन्त्री बन्ने व्यसस्थामा गएर मात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिने धारणा  व्यक्त गरे।
यसका आन्दोलन जरुरी रहेको र आन्दोलन गर्न माओवादी बलियो हुनुपर्नेमा उनको जोड थियो । उनले अरु दलभन्दा राष्ट्र र परिवर्तनप्रति इमान्दार माओवादी नै रहेछ भन्ने जनतामा बोध हुदै जानु निकै महत्त्वपूर्ण पक्ष रहेको बताए। यसपटक बिरोधीहरुले माओवादी केन्द्रलाई जनतातर्फ फर्कने अवसर दिएको उल्लेख गर्दै उहाँ अब पार्टी जनतातर्फ फर्कन सुरु गरेको बताए । यसले देशभर सकारात्मक प्रभाव परेको र केही जिल्लामा ६४ कै अवस्था फर्कने थालेको र त्यसको परिणाम उपनिर्वाचनले देखाएको उनले स्पष्ट गरे। अझै मेहनत गरेर जाने हो भने देशैभरि यो अवस्था आउने उनले बताए ।
अध्यक्ष प्रचण्डले विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने बताए । पार्टीको वैचारिक र नेतृत्वको केन्द्रिकरणले आगामी समाजवादी अभियान अघि बढाउन संभव हुने उल्लेख गर्दै उनले विभिन्न धारामा बाडिएका शक्तिबीचको एकतालाई जोड दिएर लैजानुपर्ने बताए ।
 जनयुद्धको तयारी, थालनी, सन्चालनहुँदै पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको उनले स्पष्ट गरे। अध्यक्ष प्रचण्डले देशभर निरासा छाएको बेला २०७९ मा नौ वटा स्थानीय तह जितेर इतिहास बनाएको गोरखाले अहिले उपनिर्वाचनमा पनि हारेको ठाउँमा जितेर नयाँ इतिहास कायम गरेको बताए ।
सो अवसरमा अध्यक्ष प्रचण्डले भर्खरै सप्पन्न स्थानीय तहको उपनिर्वाचनमा गोरखा नगरपालिका ५ बाट निर्वाचित वडाध्यक्ष बिष्णु रानालाई सम्मान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।