ताजा अपडेट »
एनपिएल-टि २० क्रिकेट

कर्णालीले विराटनगरलाई दियो १३४ रनको सामान्य लक्ष्य

शनिबार, २२ मंसिर २०८१, १४ : ३८
62 Shares
शनिबार, २२ मंसिर २०८१
62 Shares

बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा १३३ रनमा समेटियो ।

कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टाले अर्धशतक प्रहार गरे । देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९ रनमा २ विकेट गुमाएको कर्णालीको ब्याटिङ देव र बोसिस्टोले सम्हालेका थिए । कर्णालीले अन्तिम ओभरमा ४ विकेट गुमाउन पुग्यो ।

बलिङमा विराटनगरका प्रतिश जिसीले ४, क्रिस सोल र बसिर अहमदले २-२ र अकिव इल्यासले एक विकेट लिए । दुई खेलमा हार र एक खेलमा जित निकालेका दुवै टोली दोस्रो जितको खोजीमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।