ताजा अपडेट »

१६ औं मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २३ देखि २९ गतेसम्म सञ्चालन हुने

शनिबार, २२ मंसिर २०८१, १४ : २३
82 Shares
शनिबार, २२ मंसिर २०८१
82 Shares

काठमाडौं । मानव अधिकार आयोग र नागरिक समाजका संघसस्थाहरुको संयुक्त सहकार्यमा हुन लागेको १६ औं मानव अधिकार राष्ट्रिय महाभेला २०८१ को तयारी सम्पन्न भएको छ । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ७६ औं विश्व मानव अधिकार दिवसको सन्दर्भमा आयोजना हुन लागेको महाभेलाको तयारी सम्पन्न भएको जानकारी गराएका हुन् । 

२०८१ मंसिर २३ गते दिनको २ बजे ललितपुर जावलाखेन स्थित नेपाल प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा विशेष कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबाट मानवअधिकार राष्ट्रिय महामेलाको उद्घाटन हुने तय भएको छ । 
‘सामाजिक, आर्थिक तथा वातावरीणय न्यायको आधारः सिमान्तकृत समुदायको मानवअधिकार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको महाभेला मंसिर २३ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । 

यस अवसरमा केन्द्रिय राजधानी काठमाडांैसहित सातै प्रदेश, जिल्ला तथा स्थानीय स्तरमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् ।

मानवअधिकारको विश्विव्यापी अवधारणा तथा त्यसको फाइदा सिमान्तकृत समुदायले नपाइरहेको अवस्थामा यस महाभेलामा विभिन्न सवालहरुमा ७ दिनसम्म बहस, छलफल, सचेतनामूलक प्रदर्शन, प्रभातफेरी जस्ता कार्यक्रम आयोजना गरिने तथा र यस कार्यक्रम मार्फत मानवअधिकार प्रति जिम्मेवार र जवाफदेहि हुन सरकार नीजि क्षेत्रलाई दबाब सिर्जना गर्ने जनाइएको छ । 

त्यस्तै, पछिल्लो समय विश्वमा बढ्दै गएको हिंशा, आतंक र प्राकृतिक स्रोत तथा वातावरणमाथी दोहन गरी समुदायको जिविकोपार्जनको अधिकारका सवालहरु प्राथमिकतापूर्वक उठीन हुनेछन् । यस महाभेलाको क्रममा मानवअधिकारप्रति राजनीतिक पार्टीको प्रतिवद्धता एवं विभिन्न सरकारी निकायको जबाफदेहिता खोज्न संवादहरु हुने, मानवअधिकारको निगरानी गरिने, काठमाण्डौ लगायत सात वटै प्रदेशहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरिने तयारी भएको छ ।

करिब २ सय संघसंस्था, मानवअधिकार रक्षक, राष्ट्रिय मानवअधिकार आयोग लगायतका निकायको प्रत्यक्ष सहभागितामा हुने यस महाभेलाले वर्षभरी नै सिमान्तकृत समुदायको मानवअधिकारको सुनिश्चितताको लागि पैरवी समेत गरिनेछ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।