ताजा अपडेट »

पाथीभराको घण्टी बिक्री स्थगन

शनिबार, २२ मंसिर २०८१, १० : २२
44 Shares
शनिबार, २२ मंसिर २०८१
44 Shares

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा संकलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको जानकारी दिए।

समितिले लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आगामी बैठकमा गरिने विज्ञप्तिमा जनाएको छ । यही  मङ्सिर १४ गते गोरखापत्र दैनिक पत्रिकामा पुराना घण्टी लिलामी बिक्रीका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

विभिन्न भक्तजनहरूले पाथीभरामा चढाएका १६ हजार तीन सय ७८ किलो एक सय ग्राम पुराना बिक्रीका लागि घण्टी प्रतिकिलो न्यूनतम रु तीन सय ८० तोकिएर बिक्री प्रक्रिया अगाडि बढाएको थियो । सामाजिक सञ्जालहरूमा घण्टी बिक्रीका विषयलाई विभिन्न आलोचनाहरू आएपछि समितिले पुराना घण्टी लिलामी बिक्री प्रक्रिया स्थगन गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।