ताजा अपडेट »

कल्याणकारीमा तालिम : सहकारीको अनुगमन स्वयम शेयर सदस्यले गर्नु पर्नेमा जोड

शुक्रबार, २१ मंसिर २०८१, १८ : ५६
46 Shares
शुक्रबार, २१ मंसिर २०८१
46 Shares

बुटवल ।  बुटवल ८ सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले आफना शेयर सदस्यहरुलाई  सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।

सहकारीको पांचौ सिद्धान्तले शिक्षा तालिम लाई विशेष जोड दिएको छ भने राष्ट्रिय सहकारी नितीमा समेत सहकारी शिक्षा तालिम र सुचनालाइ व्यापक र प्रभावकारी वनाउन सम्बन्धित सरकारी निकाय तथा सहकारी संघ संस्थालाई प्रभावकारी बनाउन र सदस्यहरुको चेतना अभिबृद्धि गर्न व्यवस्थापन क्षमता बढाउन सहकारी अनु शिक्षण र तालिमलाई अनिवार्य  गरिएको छ ।

तालिमले व्यक्तित्व विकास कार्यक्षमता र कार्यदक्षताको विकास र आएका समस्या समाधान गर्ने क्षमताको विकास हुने विश्वास लिईएको कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले बताए । समायानुसार नयानया प्रविधिहरुको प्रयोग गर्दै बैज्ञानिक विश्लेषणात्मक दृष्टिीकोण राख्न सक्ने वनाउनु पनि तालिमको उद्देश्य रहेको अध्यक्ष क्षेत्रीले बताए  । तालिम मार्फत कार्य कुशलतामा बृद्धि हुदै स्वस्थ प्रतिश्पर्धा गर्न सक्ने क्षमतामा बृद्धि गराउनु, जनशक्तिको भरपुर सीप ज्ञानको विकास गर्दै व्यक्ति विकासमा टेवा पुर्याउने र आवश्यक थप जनशक्तिलाई समेत विकास मुलक सेवा मुलक र जनमुखी वनाउनु नै तालिमको प्रमुख उद्देश्य रहेको अध्यक्ष क्षेत्रीले बताए।

जुन सुकै क्षेत्रमा काम गर्दा सफल हुन पनि सो क्षेत्रका वारेमा सम्पुर्ण ज्ञान हासिल भएको हुनु पर्दछ । त्यसका लागि सहकारीमा पनि समय सापेक्ष तालिममा सहभागीता अनिवार्य रहेको सहकारी विज्ञ तथा प्रशिक्षक दामोदर प्रसाद पंगेनीले बताए । सम्पुर्ण सहकारी संघ संस्थाहरुले आफना शेयर सदस्यहरुलाई समय समयमा तालिम प्रदान गरि सहकारीको अनुगमन स्वयम शेयर सदस्यले गर्नु पर्नेमा प्रशिक्षक पंगेनीले जोड दिए । यसरी सहकारीका पदाधिकारी , कर्मचारी तथा सदस्यहरु प्रशिक्षित भइ कार्यक्षमता अभिबृद्धि गरेमात्र संस्था संचालनमा सहजता आउंछ र सहकारी क्षेत्रको भविश्य उज्वल हुने कल्याणकारी बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष डोल प्रसाद पाण्डेले बताए।

एक दिने तालिममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठनात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुख र शेयर सदसयकोे भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापन तथा गणना, वित्तीय अनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा सहभागिहरुलाई प्रशिक्षण दिईएको  तालिम संयोजक हुम बहादुर जिसीले बताए । तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।