ताजा अपडेट »

एशियन कंक्रीटोको आइपिओ निष्काशनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त

शुक्रबार, २१ मंसिर २०८१, १६ : १६
164 Shares
शुक्रबार, २१ मंसिर २०८१
164 Shares

बुटवल । नेपालकै सबैभन्दा ठुलाे कंक्रिट टाएल तथा पेभरर्स जन्य सामाग्री उत्पादक कम्पनी एशियन कंक्रीटो लिमिटेडको हकप्रद साधारण शेयर (आइपिओ) निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नविल नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड (एन.आई) लाई नियुक्त गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच एशियन कंक्रीटोटो कम्पनीका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक मनिष रुङ्गटा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड (एन.आई) का तर्फबाट प्रमुख कार्यकारीअधिकृत मनिष नारायण जोशी उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  

कम्पनीले ४६ करोड ८७ लाख ५० हजारकोे २० प्रतिशतले हुन आउने रु. १०० अंकित दरको ९ करोड ३७ लाख ५० हजार बराबरको ९ लाख ३७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्ने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मनिष रुङ्गटाले बताए ।  धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि नियमावली तथा निर्देशिकाहरुमा भएको व्यवस्था अनुसार कर्मचारीहरु, स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानी कोषहरु तथा सर्बसाधारणहरुका लागि छुट्याइएका साधारण शेयरहरु निष्काशन गर्ने उनले बताए । 

एशियन कंक्रिटो नेपालको एक मात्र यूराेपियन प्रविधिबाट कंक्रिट जन्य सामाग्री उत्पादक कम्पनी हो ।  याे विश्प प्रख्यात जर्मनीको मासा प्लान्ट बाट कंक्रिट जन्य सामाग्री उत्पादन गर्ने नेपालकै एक मात्र र ठुलाे उद्योगमा हाे । उच्च गुणस्तरका कच्चा पदार्थ र आधुनिक जर्मन टेक्नोलोजीकाे मासा  प्लान्ट बाट उत्पादन गरिने यसका उत्पादनहरू विश्व स्तरीय गुणस्तरका छन् । निर्माण, डिजाइन वा आकार तीन वटै ठाउँमा प्रयोग गर्न सकिन्छ । 

यसका उत्पादनहरूमा कर्बस्टोन, इन्टरलक ब्लक, कंक्रिट टायल, कंक्रिट इटा, ब्लक लगाएका  उत्पादन नेपालमा  निकै रुचाइएका छन् । पछिल्लो समय उद्योगले  आफ्ना उत्पादनहरू भारतमा समेत निकासी गर्दै आएकाे छ । यसका उत्पादन भारतको उत्तर प्रदेशका प्रमुख शहरहरू लगायत भारतको चर्चित अयोध्या मन्दिरमा समेत यसका प्रयोग भएका छन् ।

कंक्रिटजन्य बस्तु उत्पादन गर्ने उद्योगहरुमा नेपाल गुणस्तर प्राप्त गर्ने एसियन कंक्रिटो पहिलो कम्पनी रहेकोको छ । कंक्रिटोले गत वैशाखमा नेपाल गुणस्तर तथा नापतौल विभागबाट ‘एनएस’ चिन्ह प्राप्त गरेको छ ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।