बुटवल । रुपन्देहीको जिल्लाको तिलोत्तमा–१, शंकरनगरमा रहेको यस क्षेत्रकै सर्बोत्कृष्ट कलेज न्युलाइट कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन्।
कक्षा १२ की विद्यार्थी लक्ष्मी रानाको अध्यक्षता , विद्यार्थी नेहा कँडेलको स्वागत र कलेजका अध्यक्ष धर्मराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन भएको कार्यक्रममा विद्यार्थीले बिबिध साँस्कृतिक नृत्य एवम गायन कला प्रस्तुत गरेका थिए । कार्यक्रममा कलाकार जबिनको ब्यान्डले समृत प्रस्तुति दिएको थियो।
रुपन्देहीकोको मध्य भागमा २०६० सालमा स्थापना भइ कक्षा ११ र१२ तथा स्नातक तहमा व्यवस्थापन र शिक्षा संकाय सञ्चालन गरेको यो कलेज निजी क्षेत्रको एक मात्रै बहुमुखी कलेज हो। स्वागत कार्यक्रममा शिक्षण अभ्यास विभाग प्रमुख रामप्रसाद भट्टराई , व्यवस्थापन संकाय प्रमुख वीरेन्द्र राना , अतिरिक्त कृयाकलाप प्रमुख खेमराज खनाल , शैक्षिक संयोजक राजेन्द्र कुँवर , क्याम्पस प्रमुख रमेश ज्ञवालीले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवरलेञ अहिले किताबी ज्ञानले मात्रै विद्यार्थीको क्षमता मापन गर्न सकिँदैन । उनीहरुमा रहेको आन्तरिक र बौद्धिक क्षमता मापनका लागि यस्ता सृजनात्मक अतिरिक्त कार्यक्रम सहायक सिद्ध हुने र न्यु लाइट रुपन्देहीको साँस्कृतिक बिबिधता खम्बा रहेको कुरा बताए।
न्यु लाइट कलेज विद्यार्थीको शैक्षिक मात्रै नभइ अतिरिक्त क्षमतालाई पहिचान गरी उनीहरुको सर्वाङ्गीण विकासका लागि मन, वचन र कर्मले लागि परेको र भर्खरै प्रकाशित बिएड चौथो वर्षको नतिजामा चौधरीले ७१ प्रतिशत र बिबिएसमा शुभद्र अधिकारीले ७५ प्रतिशत ल्याई यस क्षेत्रमै गरिमा बढाएको क्याम्पस प्रमुख रमेश ज्ञवालीले बताएका थिए ।
प्रतिक्रिया