ताजा अपडेट »

विज्ञापन बोर्ड र त्रिविको पत्रकारिता केन्द्रीय विभागवीच शोधवृत्ति प्रदान गर्ने सहमति

विहीबार, २० मंसिर २०८१, १६ : ०४
24 Shares
विहीबार, २० मंसिर २०८१
24 Shares

बुटवल । नेपाल सरकार विज्ञापन बोर्ड र त्रिभुवन विश्वविधालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागवीच शोधवृत्ति प्रदान गर्ने सहमति भएको छ ।

पत्रकारिता तथा आमसञ्‍चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विधावारीधि गरिरहेका विधार्थीहरुले विज्ञापनको विषयमा शोध गरे त्यस्तो शोधवृत्ति प्राप्त गर्नेछन् । विज्ञापन बोर्डमा आज आयोजित कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं र विभागका प्रमुख डा। कुन्दन अर्यालवीच सो सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।

विज्ञापन बोर्डले विज्ञापन विषयमा अध्ययन अनुसन्धान हुन नसकेकोले विधार्थीहरुलाई आकर्षित गर्न शोधवृत्तिको व्यवस्था गरेको हो । शोधवृत्तिले यस क्षेत्रमा अध्ययन र अनुसन्धानमा थप सहयोग पुग्ने अपेक्षा बोर्डले राखेको छ ।  सहमति पत्रमा हस्ताक्षर गर्दे पत्रकारिता तथा आमसञ्‍चार विभागका विभागीय प्रमुख डा। कुन्दन अर्यालले शोधवृत्तिको व्यवस्थाप्रति विज्ञापन बोर्डलाई धन्यवाद ज्ञापन गरे । उनले छात्रवृत्ति विधार्थीलाई उपयोगी हुने बताए। 

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले शोधवृत्तिले विज्ञापनको अध्ययनमा मद्दत पुग्ने र विधार्थीहरु आकर्षित हुने अपेक्षा गरिएको वताए। सहमतिले त्रिभुवन विश्वविधालय र बोर्डविच समझदारी बढ्ने समेत उनीहरुले वताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।