ताजा अपडेट »
एनपिएल-टि २० क्रिकेट

जनकपुरलाई पोखराले दियो १३९ रनको सामान्य लक्ष्य

विहीबार, २० मंसिर २०८१, १० : ४३
30 Shares
विहीबार, २० मंसिर २०८१
30 Shares

बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर जनकपुरले पहिले फिल्डिङ रोजेको ब्याटिङमा उत्रिएको पोखराले ७ विकेटको क्षतिमा १३८ जनमा समेटिएको हो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी एनपिएलमा जनकपुर जबाफी ब्याटिङमा उत्रिएको छ । जनकपुरले यसअघिका दुवै खेलमा विजयी भएको छ । 

पोखरा एभेन्जर्सको यो दोस्रो खेल हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो । आजको दोस्रो खेल सोही मैदानमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच अपराह्न १ बजे हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।