ताजा अपडेट »
मेला महाेत्सवकाे सिजन

भैरहवामा आजबाट ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव’, उप-प्रधान तथा अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने

विहीबार, २० मंसिर २०८१, ०७ : ५७
138 Shares
विहीबार, २० मंसिर २०८१
138 Shares

भैरहवा । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ रुपन्देहीको भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य संघ, भैरहवाकाे आयाेजनामा आज मङ्सिर २० गते देखि  ‘नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’  संचालन हुदैछ । महोत्सवको आज  दिउँसो १ बजे माननिय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले बताएका छन ।

बुधवार अञ्चलपुर स्थित महाेत्सव आयोजना स्थलमा  पत्रकार सम्मेलन गरी मेलाकाे सम्पूर्ण  तयारी बारे  जानकारी समेत दिइएको थियो । पत्रकार  सम्मेलनमा अध्यक्ष श्रेष्ठले महाेत्सवकाे तयारी सबै पुरा भएकाले आफूहरू अब महोत्सवको उद्घाटन सत्रको तयारीमा रहेको बताएका थिए। आयोजकका अनुसार  महोत्सव उद्घाटन अघि बिहान साढे १० बजे भैरहवास्थित देवकोटा चोकबाट झाँकीसहित र्‍याली  समेत निकालिने  बताइएकाे छ । 

‘महोत्सवमा नेपालका अधिकांश जिल्लाका कृषि उत्पादनहरू सँगै हिमाली जिल्ला मुस्ताङको अर्ग्यानिक स्याउदेखि पश्चिम पहाडी जिल्ला दैलेखको घरेलु उत्पादन हरू प्रदर्शनीमा राखिने आयोजकले बताएका छन् ।  ‘यस पटक महाेत्सवमा कृषिलाई बढी महत्त्व दिइएको आयोजकको भनाइ छ ।

महोत्सव स्थलमा सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको तथा मेलामा यस पटक अरूबेला भन्दा परक खालको  बाल उद्यान ल्याइएको बताउँदै उद्यानमा खेल्ने सबै दर्शकहरूको बिमाको व्यवस्था पनि गरिएको मेला आयोजक मूल समारोह समितिका  प्रचार प्रसार संयोजक तथा  संघका सचिव मङ्गल भण्डारीले  ग्बलाेबल आवाज लाई बताए। 

महोत्सवमा निर्माण गरिएको  सबै स्टलहरू बुक भइसकेकाे सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवको स्टल व्यवस्थापन समिति संयोजक नेत्र प्रसाद आचार्यले बताएका छन । उनले  ‘तिलोत्तमा र हेटौँडामा जारी महोत्सवको अवधि दुहिदिन थपिएको कारण  स्टलमा  आउने केही व्यापारी तथा प्रदर्शकहरू भोलि शुक्रवार मात्रै आइपुग्ने बताए । उनले  शुक्रवार साँझदेखि स्टलहरू  सबै भरिने पनि  बताए ।

महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेका छन् ।   महोत्सव  आगामी पुस १ गतेसम्म सञ्चालन हुनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।