ताजा अपडेट »
चलचित्र ट्रेलर

चलचित्र 'बमबहादुरकाे ट्रेलर' सार्वजनिक (भिडियाे)

बुधबार, १९ मंसिर २०८१, २१ : ३७
36 Shares
बुधबार, १९ मंसिर २०८१
36 Shares

काठमाडाैं । सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ। सस्पेन्स, थ्रिलर  सोसल ड्रामाको अनुभव गराउने गरी सार्वजनिक ट्रेलरमाअभिनेता शाैगात मल्ल  विद्रोही भूमिकामा देखिएका छन्।

ट्रेलरमा ‘साहस र सङ्घर्षको नभनिएको कथा’ को रूपमा  रूपमा भारतको दार्जिलिङ क्षेत्रको कथा उठान गरिएको छ। यसअघि टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ। शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन। शिक्षित समाज आफैँमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ’ भन्ने भाष्य स्थापित गर्न खोजिएको थियो भने ट्रेलरमा एक युवाको मुक्ति सङ्घर्षलाई प्राथमिकतामा राखेर देखाइएको छ। ट्रेलर शाहिल खानले सम्पादन गरेका हुन्।

चलचित्र ‘बम बहादुर’ले खसागरी भारतमा बसाेबास गरीरहेका प्रवासी नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका समयमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गरेकाे निर्देशक जोन राईले बताए। नेपाल र भारतमा एकै दिन रिलिज हुने यो चलचित्र सन १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि त्याहा भएका घटनाहरूमाथि आधारित छ।

निर्देशक राईले यो चलचित्रलाई भारतीय मुलका  नेपाली समुदायकाे इतिहासको भएकाे बताउदै उनले चलचित्र भारतमा रेहेका भारितीय मुलका नेपालीले भोगेको सङ्घर्षको डिजिटल दस्ताबेजको रूपमा रहेकाे पनि बताए। निर्माता सञ्जीव सार्कीले आजका र भोलीका सन्ततिले आफ्नो इतिहास बिर्सिन नहुने ध्येयले यो चलचित्र निर्माण गरे को बताए।

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि. को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्ल रहेका छन भने अन्य कलाकारहरूमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङ लगायतको अभिनय रहेको छ। यो चलचित्र पुस ५ गते नेपाल तथा भारतमा एकै पटक  रिलिज हुनेछ।

‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन्भने चलचित्रमा जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको छ । यस  चलचित्रको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन्। चलचित्रमा सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन्। 

चलचित्रकाे वितरण रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ भने पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो।



 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।