ताजा अपडेट »

प्रधानमन्त्री ओलीले गरे चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालय अवलोकन

बुधबार, १९ मंसिर २०८१, २१ : १६
14 Shares
बुधबार, १९ मंसिर २०८१
14 Shares

बेइजिङ ।  चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा  चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

प्रधानमन्त्रीका साथ भ्रमण दलमा रहेका सदस्यहरूले पनि सो सङ्ग्रहालयको अवलोकन गरेका हुन्। चीनको जनवादी क्रान्तिदेखि आधुनिक चीनको विकास यात्रासम्मका विविध पक्षबारे सङ्ग्रहालयमा सामग्री हेर्न सकिनेछ ।

प्रधानमन्त्रीसहितको भ्रमण दल बिहीबार दिउँसो स्वदेश फकँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।