ताजा अपडेट »

दुवै मृगौला पीडित लिलबहादुर कुमाललाई ३८ हजार सहयोग

बुधबार, १९ मंसिर २०८१, १५ : २८
120 Shares
बुधबार, १९ मंसिर २०८१
120 Shares

बुटवल । विगत ६ महिनादेखी दुवै मृगौलामा समस्या भई उपचारत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ स्थित कुमालटोलका ३७ वर्षीय लिल बहादुर कुमाललाई ३८ हजार सहयोग भएको छ।

उनको उपचारको लागि आर्थिक अभाव भएपछि सन्धिखर्क १२ का युवाहरुले सहयोगको अभियान चलाएका थिए । सो अभियान अन्तर्गत देश तथा विदेशबाट उठेको ३८ हजार ६०५ रुपियाँ सन्धिखर्क १२ निवासी सुमन बस्यालमार्फत हस्तान्तरण गरिएको गरिएको हो । 

रोजगारिको शिलशिलामा साउदी अरब रहेका लिल बहादुरको  दुवै मृगौलामा समस्या भएपछि विगत ६ महिनादेखी उपचारको क्रममा बुटवलमा रहेका छन् । उनलाई मृगौला प्रत्यारोपणको लागि कबि १५ लाख लाग्ने भएकाले विभिन्न देश विदेशबाट आर्थिक सहयोग गर्ने क्रम जारी छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।