ताजा अपडेट »

राप्ती प्रादेशिक अस्पतालमा मिर्गौलाको डाइलासिस गर्ने बढे

बुधबार, १९ मंसिर २०८१, १५ : १४
18 Shares
बुधबार, १९ मंसिर २०८१
18 Shares

दाङ । राप्ती प्रादेशिक अस्पताल मिर्गौलाको डाइलासिस गर्ने बिरामीहरूको सङ्ख्या बढेपछि समस्या भएको छ । अहिले ७० जनाले नियमित डाइलासिस गर्दै आइरहेको र ४० जना बढि पालोमा बसेको अस्पतालको भनाइ छ ।

अस्पतालमा डाइलासिसको मेसिनहरू कम हुँदा समस्या भइरहेको छ । अस्पतालमा दाङ, सल्यान, रुकुम , रोल्पाका बिरामीहरू डाइलासिस गर्न आउने गरेका छन् । पछिल्लो समय मिर्गौलाका बिरामीहरू बढ्दै गइरहेको र अस्पतालमा सीमित स्रोत साधन हुँदा बिरामीहरूले सहज रुपमा सेवा लिन पाएका छैनन् ।

अस्पतालमा १४ वटा डाइलासिस मेसिनहरू रहेकोमा अहिले १० वटा मेसिनबाट नियमित रुपमा ७० जनाले डाइलासिस सेवा लिइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पदमराज अधिकारीले बताए । सेवा लिने बिरामीहरूको सङ्ख्या बढ्दै गइरहेको हुँदा थप मेसिनको आवश्यक रहेको भन्दै त्यसको लागि पहल गरिरहेको उनको भनाइ छ । अहिले दिनमा ३ सिफ्टमा बिरामीहरूलाई सेवा दिँदै आइरहेको भएयता पनि मेसिनहरू अभावका कारण बिरामीहरूलाई २ पटक दिने गरिएको छ ।

जिल्लामा अहिले राप्ती प्रादेशिक अस्पताल बाहेक घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमहीमा पनि डाइलासिस हुने गर्दछ । तर, मिर्गौलाका बिरामीहरू बढ्दै जाँदा सीमित स्रोत साधानले अस्पतालहरूले सहज रुपमा सेवा दिन सकेका छैनन् ।
 

सुमन केसी
लेखकको बारेमा
सुमन केसी