ताजा अपडेट »

काठमाडौँको टुँडिखेलमा एकजना मृत फेला

बुधबार, १९ मंसिर २०८१, १४ : ३५
150 Shares
बुधबार, १९ मंसिर २०८१
150 Shares

काठमाडौं । काठमाडौंको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् ।

 काठमाडौं  महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिए ।

   उनले भने, “निजको बायाँ हातको साइडमा सानो चक्कु र बायाँ हातको मुनि रगतको ताल रहेको र प्रहरी वृत्त जनसेवा तथा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीबाट घटनाका बारेमा आवश्यक अनुसन्धान  कार्य भइरहेको छ ।” शव जाँचको प्रकृति मुचुल्का गरी शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता अधिकारीले बताए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।