ताजा अपडेट »
एनपिएल-टि २० क्रिकेट

काठमान्डु गुर्खाजलाई कर्णालीले दियो १५० को मध्यम लक्ष्य

बुधबार, १९ मंसिर २०८१, १० : ४३
74 Shares
बुधबार, १९ मंसिर २०८१
74 Shares

बुटवल । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले मध्यम योगफल खडा गरेको छ । स्लो सुरूवात गरेको भएपनि शिखर धवनले अन्तिमसम्मै खेल्दै अर्धशतक बनाए । उनको अविजित ७२ रन मद्दतमा कर्णालीले ५ विकेट गुमाएर १४९ रन बनाएको छ । 

टस जितेर पहिले फिल्डिङ रोजेको काठमान्डु गोर्खाजले जबाफी ब्याटिङमा उत्रेको छ । पहिलो खेरमा हारे व्यहोरेको कान्डु र कर्णाली दुबै टिम पहिलो जितको खोजिमा छन् । कणालीमा कप्तान सोमपाल कामी छन् भने काठमान्डुमा करण केसी रहेका छन् । आज दिउँसो लुम्बिनी लायन्स र विराटनगर बोल्ट्स प्रतिस्पर्धा गर्ने छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।