ताजा अपडेट »

बढ्यो आन्तरिक हवाई भाडा, कहाँ पुग्न कति ?

मंगलबार, १८ मंसिर २०८१, २० : २५
110 Shares
मंगलबार, १८ मंसिर २०८१
110 Shares

काठमाडौं । आन्तरिक तर्फको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले बुधबारदेखि लागू हुनेगरि हवाई भाडा बढाएको जानकारी दिएको हो ।

क्यानका अनुसार नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको हो ।

विराटनगर–धनगढीको भाडा १२५ रुपैयाँले बढ्दा काठमाडौं–धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ । त्यस्तै, विराटनगर–भैरहवा ८० रुपैयाँ, काठमाडौं–सिमराको भाडा १५ रुपैयाँ, काठमाडौं–विराटनग ५० रुपैयाँ, काठमाडौं–पोखरा ३० र काठमाडौं–भैरहवा ४० रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ ।

यस्तो छ नयाँ भाडादर

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।