ताजा अपडेट »
सहकारी गठी प्रकरण

वयानका लागि रविलाई आज चितवन ल्याइयो

मंगलबार, १८ मंसिर २०८१, ०९ : ३८
56 Shares
मंगलबार, १८ मंसिर २०८१
56 Shares

बुटवल। सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज चितवन ल्याइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई काठमाडौंबाट चितवन ल्याइएको हो ।

चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा रविविरुद्ध यही मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो । यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान लिइएको थियो ।

यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।