बुटवल । नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स र दीपेन्द्रसिंह ऐरिको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ ।
यी दुई टोली बीचको खेल बिहान ९ बजे कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा हुनेछ । विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । सन्दीपको कप्तानीमा रहेको विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।
सुदूरपश्चिम भने पहिलो खेल खेल्दैछ । जितका साथ लिग सुरुवातको लक्ष्यमा सुदूरपश्चिम रहेको छ । आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दै छन् । दुईबीचको खेल दिउँसो १ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।
कुशल मल्लको कप्तानीमा रहेको चितवन लगातार दोस्रो जितको खोजीमा रहनेछ । चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा भने पहिलो खेल खेल्दैछ । जितका साथ लिग सुरुवात गर्ने लक्ष्यमा पोखरा रहेको छ ।
पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
प्रतिक्रिया