ताजा अपडेट »

बुटवल अब सिसिटिभि क्यामेराको निगरानी

सोमबार, १७ मंसिर २०८१, २० : ४४
94 Shares
सोमबार, १७ मंसिर २०८१
94 Shares

बुटवल । बुटवलको मुख्यमुख्य बजार अब सिसिटिभि क्यामेरा बाट निगरानी हुने भएको छ ।

सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उपमहानगरपालिकामा एक कार्यक्रमकाबीच सिसिटिभि क्यामेरामा कैद गरिएको दृश्य सार्वजनिक गरेर त्यसको शुभारम्भ गरेका हुन् । कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवलको सुरक्षा र दुर्घटना न्युनिकरणका लागि बुटवलको मुख्य राजमार्ग तथा मुख्य मुख्य बजारलाई लक्षित गरी सिसिटिभि क्यामेरा जडान गरिएको बताए ।

हाललाई बुटवलको वडा नं ४,५,६ र वडा नं ९ को बसपार्क क्षेत्रमा १२५ सिसिटिभि क्यामेरा जडान गरिएको जानकारी दिए । नगरप्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकताका आधारमा अन्य ठाउँमा पनि जडान गरिने बताए ।

सिसिटिभि क्यामेरा जडानपछि बुटवल बजार थप सुरक्षित हुनुका साथै दुर्घटना न्युनिकरणमा समेत महत्त्वपूर्ण भुमिका रहने भन्दै उनले यसले चोरी,डकैती,लुटपाट तथा अन्य अपराध अनुसन्धानमा समेत सघाउ पुग्ने विश्वास ब्यक्त गरे ।

बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगर स्थित कालिका चोकमा बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक लाइट जडान कार्यको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवललाई सफा,स्व्च्छ,हरियाली,उज्यालो र सुरक्षित शहरको रूपमा विकास गर्ने उदेश्यले बुटवलका मुख्य मुख्य चोकमा २३ वटा हाईमास्ड लाइट तथा सिसिटिभि जडान गर्ने काम भइरहेको जानकारी गराए ।

उपमहानगरपालिकाले आफ्नो लगानीमा हाललाई बुटवलका बढी भिडभाड हुने कालिकानगर स्थित कालिका चोक,मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गर्न लागिएको भन्दै नगर प्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकता अनुसार अन्य ठाउँमा पनि ट्राफिक लाइट जडान गर्न सकिने बताए ।

उनले यसको समुचित उपयोगका लागि प्रहरी र ट्राफिक प्रहरीको सहकार्य जरुरी रहेकोमा जोड दिए । चालु आर्थिक बर्षको बार्षिक बजेटबाट करिब ५२ लाखको लागतमा सिसिटिभि क्यामेरा जडान गरिएको उपमहानगरपालिकाका पुर्वाधार महाशाखा प्रमुख गौतम रौनियारले जानकारी दिए ।

यसअघि उपमहानगरपालिकाले बुटवलको कालिका चोक, मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान कार्यको शुभारम्भ गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।