ताजा अपडेट »

ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख घुससहित पक्राउ

सोमबार, १७ मंसिर २०८१, १६ : ५०
88 Shares
सोमबार, १७ मंसिर २०८१
88 Shares

बुटवल । ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी घुस रकमसहित पक्राउ परेका छन् ।

सवारी साधनलाई आवत-जावत गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बुढाथोकीलाई सोमबार रङ्गेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सवारी साधनलाई आवतरजावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको सूचनाका आधारमा खटिएको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।